सुनसरीको अवस्था सामान्य बन्दै

IMG-20240406-WA0006

झापा भद्रपुर (नेपाल): पूर्वीनेपालको सुनसरीको हगरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा दुई समूहका  बीच भएको झडप पछि उत्पन्न भएको अवस्था सामान्य बन्दै गएको छ। दुई समूहका बीचमा शुक्रबार बिहानैदेखि ठाउँ ठाउँमा झडप  भएपछि जिल्ला प्रशासनले  साँझबाट सुनसरीका पाँच वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो। कर्फ्यु पछि सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका  कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदनिधी फुयाँलले जानकारी दिए। साँझबाट कहीँ कतै पनि झडप र प्रदर्शन भएको सूचना आएको छैन उनले भने,अवस्था सामान्य बन्दै गएको छ। परिस्थिति नियन्त्रण भन्दा बाहिर छैन।  एसइई परीक्षा भएको स्थलमा एक जना युवा माथि कुटपिट भएपछि दुई समुदायका बीचमा झडप भएको थियो।  यसैबिच सुनसरीका राजनीतिक दलहरूले अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस सुनसरीले अपिल जारी गर्दै  द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने भन्दै  चिन्ता प्रकट गरेको छ। अपिलमा भनिएको छ, ‘परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासकालागी हातेमालो गर्दै आएका छौं। नेपालीको भावना र चाहना विपरीत धार्मिक सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *