अभिनेत्री कोपिला थापा सडक दुर्घटनामा घाइते

IMG-20240406-WA0000

झापा, (नेपाल): पाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन्। भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा केही दिन अगाडि उनी घाइते भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। एक कार्यक्रममा सहभागी भएर पञ्चकुलातिर फर्किएको उनीहरू चढेको कार दुर्घटना भएको थियो। दुर्घटना  हुने बित्तिकै स्थानीयले उद्धार गरेर उनीहरूलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्‍याएका थिए। ‘मलाई कोपिलाले खबर गरेकी थिइन्’, निरौलाले भने, ‘उनको अस्पतालमा उपचार भइरहेको छ।‘ उनले आफ्नो कम्बरदेखि तल नचलेको र ठिक हुन छह सात महिना लाग्ने बताएको निरौलाको भनाइ छ। कोपिलासँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको बताइएको छ  दर्जनौँ नेपाली फिल्म अभिनय गरेकी कोपिला फिल्म महापुरुषमा मदनकृष्णको पत्नीको भूमिकामा देखिएकी थिइन्। पूर्वी नेपालको मोरङ सलकपुरकी कोपिला अभिनेत्री रेखा थापाको ठूला बाबुकी छोरी हुन्। कोपिलाले थुप्रै टेलिफिल्ममा समेत अभिनय गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *