गजल

Gazal

भुलेर अतीतको कथा वर्तमान  बाँच्दैछु म

दुःखी छु तर पनि बाहिर बाहिर हाँस्दैछु म

कहिल्यै ताल र राग नमिल्ने जीवन पाइयो

आफै ताल मिलाउँदै भए पनि  नाच्दैछु  म

जिउँदो भन्ने भ्रम मात्र छ मरिसकेको कैले

आफू मरेको दिन गन्न औंलाहरु भाँच्दैछु म

हाँस्ने पालो आएन कहिल्यै यथार्थमा साथी

रुनै लेखेको रैछ भाग्यमा पीरहरु साँच्दैछु म

आत्मा मरे पनि शरीर मरेको जस्तो लाग्दैन

दोधारमा छु मरें कि मरिनँ भनी जाँच्दैछु मll

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *