अइज़ोल: दृष्टिबाधित फूटबल टीमहरूले मिजोरममा नर्थईष्ट जोनल ब्लाइण्ड फूटबल टुर्नामेण्टमा आफ्नो कौशल प्रदर्शन गरिरहेको छ। भारतीय दृष्टिबाधित फूटबल महासंघ (आईबीएफएफ)-द्वारा आयोजित यस टुर्नामेण्टको उद्देश्य दृष्टिबाधित एथलीटहरूबीच खेललाई लोकप्रिय बनाउनु हो। साल २०१६-मा स्थापित आईबीएफएफ देशमा दृष्टिबाधित एथलीटहरूबीच ब्लाइण्ड फूटबल खेललाई विकसित गर्ने एउटा स्वतन्त्र संस्था हो। आईबीएफएफ-द्वारा आयोजित नर्थईष्ट जोनल ब्लाइण्ड फूटबल टुर्नामेण्ट पुरुष वर्गमा पाँचौं अनि महिला वर्गमा दोस्रो संस्करण हो। टुर्नामेण्टको आयोजन मिजोरम ब्लाइण्ड स्पोर्ट्स एसोसिएशनको सहायताले गरिएको हो। टुर्नामेण्टको पुरुष वर्गमा चारवटा अनि महिला वर्गमा दुईवटा टीमले हिस्सा लिएको छ।