नयाँ सदस्य बिनोद प्रधानलाई कञ्चनजंघा एफसी-मा न्यानो स्वागत

IMG-20240406-WA0106.jpg

सुकना: स्थानीय टुर्नामेण्टहरूमा स्थानीय खेलाड़ीहरूलाई नै मौका दिनु पर्छ अनि विदेशी मूलका खेलाड़ीहरू ल्याएर टुर्नामेण्टमा खिताब जित्नु जुवा खेलेको जस्तो मात्र हुने सोचको साथ निरन्तर अघि बढ़िरहेको उत्तर बंगालको अग्रणी टीम कञ्चनजंघा फूटबल क्लबमा नयाँ सदस्य बिनोद प्रधानलाई न्यानो स्वागत जनाइयो। दुधे बजार निवासी एक्स आर्मी बिनोद प्रधान खेलप्रेमी हुन् अनि उनले धेरैवटा क्लबका खेलाड़ीहरूलाई प्रशिक्षण पनि प्रदान गरिसकेका छन्। सुकनास्थित क्लबको अभ्यास मैदानमा केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानद्वारा सञ्चालित कार्यक्रममा क्लबका सह-सचिव बिजय लिम्बु र सदस्य शिव कुमार राईको बाहुलीबाट नयाँ सदस्यलाई खदार्पण गरियो जबकि कार्यकारी अध्यक्षले उनलाई स्मृति चिन्ह प्रदान गरे। यस अवसरमा क्लबका मुख्य प्रशिक्षक दिनकर छेत्री, सह प्रशिक्षक रोल्याण्ड सुब्बा र टीमका सीनियर खेलाड़ी आमिर लामाको साथमा सबै सीनियर अनि जूनियर खेलाड़ीहरू उपस्थित थिए।

केएफसी-को टीमले आज नेपालमा जारी भरोल गोल्ड कपमा हिस्सा लिनेछ। नयाँ सदस्य बिनोद प्रधानले केएफसी-का खेलाड़ीहरूलाई प्रशिक्षण पनि प्रदान गर्नेछन्। वर्तमानमा पूर्व फूटबलर मणि ठकुरीले गोलकीपरहरूलाई प्रशिक्षण प्रदान गरिरहेको केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानले प्रेस विज्ञप्तिमा जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement