सनराइजर्सले छोटो बाउण्ड्रीजको फाइदा उठायोः रुतुराज

IMG-20240406-WA0094.jpg

हैदराबाद: राजीव गान्धी इण्टरनेशनल स्टेडियमको कालो माटोले बनिएको पीचमा चेन्नई सुपर किंग्स (सीएसके)-ले सनराइजर्स हैजराबाद विरुद्ध ६ विकेटले हारको सामना गर्नु पऱ्यो। आईपीएल २०२४-को १८औं म्याचमा पराजित भएपछि सीएसके-का युवा कप्तान रुतुराज गायकवाड़ले भने, ईमानदारीपूर्वक भन्नु पर्दा मलाई पीच सामान्य धीमा लाग्यो। यसबाहेक उनीहरूले ब्याक एण्डमा असल बलिंग गरे। उनीहरूले खेललाई नियन्त्रणमा राखए अनि हामीलाई फाइदा उठाउने मौका दिएनन्। हामीले म्याचको शुरुवातमा असल प्रदर्शन गरेका थियौं तर पछिबाट उनीहरू खेलमा फर्किए। पीच कालो माटोले बनिएको हुनाले धीमा रहने हामीलाई आशा थियो तर समयको साथ झन् धीमा भएर गयो। यसबाहेक दोस्रो ईनिंग्समा ब्याटिंग गर्दै उनीहरूले छोटो बाउण्ड्रीजको पूरा फाइदा उठाए। सीएसके-का कप्तानले भने, हामीले ब्याटिंग पावरप्ले-मा धेरै रन खर्च गऱ्यौं, एउटा क्याच छोड़्यौं अनि एक ओभर पनि महँगो रह्यो। त्यसपछि पनि हामीले म्याचलाई १९औं ओभरसम्म पुऱ्यायौं, जुन असाधारण प्रयास थियो। मेरो विचारमा हाम्रो निम्ति १७०-१७५ रन असल स्कोर हुने थियो। बलिंग गर्दा अन्ततिर मैदानमा शीत पनि पऱ्यो। मोईनले १५औं-१६औं ओभरमा पनि बललाई स्पिन गराए। यसैकारण खेलको अवधि पीचमा अधिक बद्लाउ भएको जस्ता मलाई लाग्दैन।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै सीएसके-ले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो। शिवम दुबेले २४ बलमा सर्वाधिक ४५ रन बनाए। उनले ४ वटा छक्का र २ वटा चौका लगाए।

यसबाहेक अजिंक्य रहाणेले ३५, रविन्द्र जडेजाले अविजित ३१ र कप्तान रुतुराजले २६ रनको योगदान दिए। त्यसपछि सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाएर १६६ रनको लक्ष्यलाई हासिल गऱ्यो। एडम मार्करमले ३६ बलमा ४ वटा चौका र एउटा छक्काको साथ ५० रन बनाए। टीमलाई अभिषेक शर्माले तेज शुरुवात दिलाए, जसले १२ बलमा ४ वटा छक्का र ३ वटा चौकाको साथ ३७ रन बनाए। यसरी उनका साथी ओपनर ट्रेविस हेडले ३१ रनको योगदान दिए। सीएसके-का बलरहरूमा मोईन अलीले सर्वाधिक २ विकेट लिए। अभिषेक शर्मालाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement