कोलकाता: कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले अाज महानगरमा ४ लाख रूपियाँको जाली नोट तस्करीको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
एसटीएफका उपायुक्त आईपीएस वी सोलेमन नेसाकुमारले बिहीवार बिहान जानकारी गराए अनुसार, पक्रा परेको व्यक्तिको पहिचान मालदा जिल्लाको कालियाचक थाना अन्तर्गत मजूमपुर गाउँ निवासी रफीकुल (५०) अर्फ कल्लूको रूपमा गरिएको छ। एक गुप्त सूचनाको आधारमा आरोपितलाई बुधवार अबेर साझँ इन्टाली थाना अन्तर्गत मौलाली क्रसिङबाट पक्राउ गरिएको छ।
उसको ब्यागबाट ५०० सय रूपियाँको ८०० जाली नोट उद्धार भएको छ। नोट निक्कै राम्रो गुणवत्ताको छ र यसलाई सजिलै जाली नोटहरूको रूपमा समाउनु कठिन छ। पुलिसले व्यक्तिसित सोधपुछ गरी उसलाई जाली नोट कहाँबाट प्राप्त भयो, कोलकातामा कसलाई पुऱ्याउने योजना थियो, यसबारे पत्तो लगाउने प्रयास गरिरहेछ।