सिटिजन एक्सन पार्टी सिक्किमले सरकार बनाउने दावी

n597667954171234257530744d9b5df76a99ef051641ebc1e4a7901fb484328dfdeb131d088d5f8e2bb5eff.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमले आगामी चुनाउलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा आफ्नो प्रचार-प्रसार तेज गरिरहेको छ। पूर्णरुपले सिक्किमलाई आर्थिक सुधार, सामाजिक सुधार, राजनैतिक सुधार गर्न आजको आवश्यकता हो भन्ने कुरालाई पार्टीले प्राथमिकता दिइरहेको पार्टी प्रवक्ता हेमराज अधिकारीले आज जारी प्रेस विज्ञप्तिमा बताएका छन्।

पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश कुमार राईले आज पश्चिम सिक्किमको योक्सम टाशीडिङ गुम्बा फाटक नजिक स्थानीय उम्मेदवार जिग्मी भोटिया र लोकसभा प्रार्थी भरत बस्नेतको साथमा एक सभामा उपस्थित भए। बस्नेतले आज बिहानै लेगसेप शिवालय धाममा पूजा अर्चना गरे।

पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश कुमार राईले सभालाई सम्बोधन गर्दै निस्संदेह सिटिजन एक्सन पार्टीले सरकार बनाउने दावी गरे। लगातार हाजिरामा जनता कुदाइरहेको सत्तारूढ एसकेएम पार्टी र एसडीएफ पार्टीसॅंग आफ्नो पार्टीलाई कुनै खतरा नभएको उनले बताए। योक्सम टाशीडिङका विधानसभा उम्मेदवार जिग्मी भोटियाले निर्वाचित बनेको खण्डमा जनताले अहिलेको सरकारमा दुःख पाएजस्तो आफ्नो कार्यकालमा दुःख नपाउने उनले बताए।

लोकसभा उम्मेदवार भरत बस्नेतले सिक्किमलाई देशले चिन्ने औ सिक्किमे नागरिकका थाँतीमा रहेका सबै मुद्दा हल हुने बताए। उनले सिक्किम र सिक्किमेली जनताको शिर स्वाभिमानले उच्च राख्ने आफ्नो प्रतिवद्धता पेश गरे। दिल्लीको आँखामा आँखा जुधाएर सिटिजन एक्सन पार्टीले सिक्किमेको हर एक काम गर्ने बस्नेतले बताए।

About Author

Advertisement