गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपाल आज जूम सालघारी निर्वाचन क्षेत्र अन्तर्गत पिपले निवासी भाजपा कार्यकर्ता सुमन राईको घर पुगे। उनले पीड़ितसॅंग भेट गरेर उनको स्वास्थ्यको बारेमा जानकारी लिए। प्रदेश भाजपा अनुसार, सुमन राईमाथि हिजो एसकेएम कार्यकर्ताहरूले हमला गरेका थिए। नेपालले पीड़ित राईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीलगायत उनका परिवारलाई न्याय दिलाउने वचन पनि दिए।