पाठशालाको समस्या लिएरशिक्षक टोलीद्वारा क्षेत्रीय सभासद अनोश थापासित भेट

IMG-20220804-WA0150.jpg

सोनादा: सोनादा बजारस्थित पार्टी कार्यालयमा स्थानीय स्कट मिशन प्राथमिक पाठशालाका ८ सदस्यीय शिक्षक टोलीले सभासद अनोश थापासित भेट गरेका छन्। पाठशालाका प्रधानाध्यापक जेबी राईको अगुवाईमा आएका टोलीले विशेषगरी पाठशालाको जीर्ण अवस्थालाई ध्यानमा राखेर जीटीएद्वारा मरमत्ति गरिदिने मांगमा सभासद अनोश थापालाई ज्ञापन बुझाएका छन्। पाठशाला विषय लिएर कार्यकारी सभासद अनि शिक्षक टोलीबीच केहीबेर चर्चा भयो। यस भेटपछि सभासद थापाले समष्टिभरिमा सोनादाको सबैभन्दा पुरानो धरोहर शैक्षिक संस्थान शान्तिरानी उच्चतर माध्यमिक विद्यालय अनि स्कट मिशन प्राथमिक पाठशालालाई प्राथमिकता दिएको बताए। बजारस्थित सोनादाको सबैभन्दा पुरानो पाठशाला साथै वर्तमान सरकारी शैक्षिक संस्थानहरुमा घट्दो विद्यार्थी संख्याको समस्याबीच पनि अन्य पाठशालाहरुको तुलनामा स्कट मिशनमा धेरै विद्यार्थीहरु पढिरहेको कुरालाई महत्त्व दिएर पाठशाला पुनर्निर्माण नभए मरमत गरिनुपर्ने शिक्षक टोलीले सभासद थापालाई अपील गरेका थिए। सभासद थापाले पनि पाठशाला पुनर्निर्माण नभए मरमत कार्यका लागि जीटीए मुख्य कार्यपाल अनि शिक्षा विभागीय कार्यकारी सभासदसम्म यस कुरालाई पुर्याइदिने प्रतिबद्धता जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement