सिलगढ़ी: बिहीवार सिलगढ़ी फ्रन्टियर हेडक्वार्टर एसएसबी ४१औं बटालियनले आजादीको अमृत महोत्सव अन्तर्गत रानीडङ्गाबाट एउटा साइकल ऱ्याली निकालियो। उक्त साइकल ऱ्याली रानीडङ्गा एसएसबी क्याम्पबाट शुरू भयो जुन सिलगढ़ीको नौकाघाट मोड़को परिक्रमा गरी पुनः ऱानीडङ्गा पुगेर समाप्त भयो। यस ऱ्यालीको माध्यमले आम जनतालाई आजादीको ७५ वर्ष पूरा भएको सन्देश दिइयो।
यस सम्बन्धमा एसएसबीका डिप्टी इन्स्पेक्टर फ्रन्टियर हेडक्वार्टरका डीआईजीले भने, ‘आम जनलाई आजादीको ७५ वर्षको इतिहासलाई बुझाउनका लागि यो अमृत महोत्सव मनाइँदैछ। यही अन्तर्गत आज साइकल ऱ्याली निकालिएको थियो’।