गेजिङ: गेजिङ जिल्लाले घरेलु मतदातालाई सुविधा दिने काम थालेको छ। घरेलु मतदाताहरूमा शारीरिक रूपमा दिव्याङ्ग भएका (अशक्त) र ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू पर्छन्। जिल्लामा कुल १७८ मतदाताले घरेलु मतदान सुविधाको लाभ उठाएका छन्। लाभग्राहीमा ९६ ज्येष्ठ नागरिक र ८२ दिव्याङ भएका मतदाता रहेका छन्। प्रक्रियालाई सहज बनाउन, समर्पित टोलीहरूले सम्बन्धित क्षेत्रा धिकारीहरूको साथ घर-घरको भ्रमण गरे। यसको उद्देश्य प्रत्येक मतदाताको घरघरमा मतदान सुविधा पुगोस् र उनीहरूले सहज रूपमा मतदान गर्न सकून् भन्ने उदेश्य रहेको छ। भारतको निर्वाचन आयोगले यस वर्ष पहिलोपल्ट जेष्ठ नागरिकहरुलाई सुबिधा प्रदान गर्न यो अभियान चलाइएको हो भने मतदाताहरुले पनि आफ्नो मत घरमै लगाउन पाउँदा आयोगले ठुलो सुबिधा प्रदान गरेकोमा खुशी व्यक्त गरेका छन्।