लामो अन्तरालपछि डिजे सन्तोषद्वारा नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक

00J4A0959

काठमाडौं: मङ्गलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन्। यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन्। भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन्। गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित थिए। नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ। चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइयो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए। अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए।कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए। डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए।

(2) JAALEYRUMAAL II DJ SANTOSH II TEKU KANCHA II SUNITA THEGIM II PREETI KAUR II REMA BISHWOKARMA II – YouTube

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement