बीपी बजगाईद्वारा चुनाव घोषणा पत्र जारी

IMG-20240405-WA0228.jpg

मेरो घोषणा पत्र केवल झूटो र आश्वासन मात्र होइन तर मेरो वचन पत्र हो: बीपी बजगाई

दार्जिलिङ: लोकसभा चुनावको लागि दार्जिलिङ संसदीय सिटको लागि प्रार्थी बनेका खरसाङको भाजपा विधायक बीपी बजगाईले आज आफ्नो चुनावी घोषणा पत्र जारी गरेका छन्। उनले पत्रकार सम्मेलन बोलाएर आफ्नो १७ बुँदे घोषणा पत्र जारी गरेका छन्। यसमा बीपी बजगाईले जातीय अस्मिता र अस्तित्व साथै छुट्टै राज्यको मांगसहित १७ वटा घोषणाहरू आफ्नो घोषणा पत्रमा समावेस गरेका छन्। नेपाली भाषामा लेखिएको दुई पन्ने आफ्नो चुनावी घोषणा पत्र जारी गर्दै बीपी बजगाईले केही दिनमा जनताको हात हातमा पुग्ने बताएका छन्। उनले आफ्नो घोषणा पत्र जारी गर्दै भने, दार्जिलिङमा राज्यको तृणमूल सरकारको अत्यचार र भष्टचार अनि केन्द्र सरकारको झूटको राजनीतिले यहाँको जनता राजनैतिक, सामाजिक, आर्थिक रूपमा कमजोर रहेकोले राजनैतिक उन्मुक्ति आफ्नो लक्ष्य रहेको छ। भ्रष्टचारमुक्त सरकारी सन्यन्त्र तायर पार्नलाई मन, वचन र कर्मले काम गर्ने वचनवध्दता जाहेर गर्दछु।’
बीपी बजगाईले आफ्नो चुनावी घोषणा पत्र जनताको आकांक्षालाई सम्बोधन गर्ने घोषणा पत्र रहेको बताउँदै यो घोषणा पत्र केवल झूटो वाचा र लालच देखाउने होइन तर राज्य र राष्ट्रको निर्माण गर्ने मुख्य माध्यम हो भनी बताएका छन्। उनले यो केवल घोषणा पत्र मात्र होइन अनि झूटो आश्वासन र दिशाहीन होइन तर मेरो वचन पत्र हो भनी बताएका छन्। उनले १७ वटा घोषणाहरूमा विभिन्न खण्डमा विभक्त गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement