नेपालमा ओभिया आर्ट सर्कलको सहभागितामा अन्तर्राष्ट्रिय त्रि-दिवसीय चित्रकला प्रदर्शनी एवम कार्यशालाको उदघाटन

IMG-20240405-WA0240.jpg

गान्तोक: नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान अनि जरा फाउण्डेसन नेपालको सहकार्य तथा ओभिया आर्ट सर्कल, सिक्किमको समन्यमा अन्तर्राष्ट्रिय त्रि-दिवसीय चित्रकला प्रदर्शनी तथा कार्यशाला “सम्बन्ध” को बिहीवार विधिवतरूपमा उद्घाटन भयो। यस प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले यस कार्यक्रमले दुई देशका सहकर्मीहरू, कलाकारहरू अरू परिप्रेक्ष्यमापनि जोडिने संकेत दिएको बताए। यस कार्यशाला तथा प्रदर्शनीमा कलाकारहरू एकअर्कामा चर्चा परिचर्चा गर्नमा सफल हुन्छ भन्ने कुरामा विशवस्त छु भनी जनाए। कूटनीतिक सिमाना हुने भए पनि सबैभन्दा चीर स्थायी सीमाना भनेको सांस्कृतिक भएको बताए। जसको उदाहरण उनले प्रकाश कोविदको उपन्यास ” अर्को जन्म” पढेपछिको ती कुराहरूले आफुलाई छोएको, ती ठाउँहरूमा गएर अनुभुत गरेका कुराहरू राखे। बिशेषगरि दार्जिलिङ , सिक्किम, कालेबुङसंग कला, साहित्य, संगितको सम्बन्धले नजिक रहेको बताए। कलाको भाषा अन्तर्राष्ट्रिय भाषा हो, काम गर्दै जाँदा त्यहाँ पनि सांस्कृतिक भाषा हुन्छ, त्यो सांस्कृतिक भाषाले एक ठाउँमा बाँध्छ, राईको भनाई रहेको थियो। उसैगरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले कला प्रदर्शनी मात्रै नभएर नाट्य सङ्गीत र लेखकको सम्बन्धलाई पनि प्रगाढ बनाउन सकिने साथै यस्ता सिर्जनाले आपसी भाइचाराको विकास र सम्बन्धमा थप मिठास बनाउने कुरा बताइन्।

सदस्य सचिव दीपेन्द्र थुम्केलीले राजनीति र भूगोलले नेपाल तथा भारत भनेर बनाए पनि दुई देशको साँस्कृतिक सिमानाले कहिले अलग नगरेको अविछिन्न सिमाना रहेको बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको भाषा यस्तो माध्यम हो, जसको कुनै सिमाना हुदैन। यसरी सीमाविहीन सम्बन्ध जहाँ छ त्यहाँ कुनै राजनीतिक सीमाले कहिल्यै छेक्न नसक्ने हुँदा सिर्जनाको भाषा विश्वमै अब्बल हुने बताए। छिमेकी देशबाटै सम्बन्धलाई थप प्रगाढ लाने कुरामा कुलपति हार्तम्छालीले जोड दिए। ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नामबाटै कला प्रदर्शनीको औचित्य पुष्टि हुने उल्लेख गरे भने सदियौँदेखिको सम्बन्धलाई थप बलियो बनाइराख्न यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए। भारतबाट आएका कलाकारको नेतृत्व ओभिया आर्ट सर्कल, सिक्किमका अध्यक्ष तथा चित्रकार दीपा राईले गरेकी छिन्। उनले नेपाल प्रज्ञा प्रतिष्ठान तथा जरा फाउन्डेसन नेपालप्रति यस महत अवसरका धन्यवाद व्यक्त गरिन्। राईले चित्रकला प्रदर्शनी “सम्बन्ध” मार्फत अझै सम्बन्ध प्रगाढ भएको बताउदै भविष्यमा यस प्रदर्शनीले आपसी सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन्। दुवै देशका नागरिक भौगोलिक रुपमा टाढा भए पनि कला र मनले जोडिएर रहेका उनले उल्लेख गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *