गान्तोक: आरिथाङ निर्वाचन क्षेत्रका एसकेएम पार्टीका उम्मेदवार अरूण उप्रेतीले युद्धस्तरमा आरिथाङ निर्वाचन क्षेत्रमा चुनाउ प्रचार प्रसार गरिरहेका छन्। हिजो उनले लाल बजार परिसरमा चुनाउ प्रचार गरेका थिए भने आज आरिथाङमा चुनाउ प्रचार गरे। यस अवसरमा उनको साथमा पार्टीका धेरै कार्यकर्ता र समर्थकहरू रहेका थिए। पत्रकारहरूसँग कुराकानी गर्दै उप्रेतीले विगतको पाँच वर्षमा आरिथाङ निर्वाचन क्षेत्रमा धेरै विकासका कार्यहरू गरेको जानकारी गराए। आफूले यस निर्वाचन क्षेत्रबाट जितेपछि थाँतीमा रहेको सबै काम र स्थानीयहरूको माग पुरा गर्ने बचन दिए। एसकेएम सरकारले आरिथाङ निर्वाचन क्षेत्रमा पूर्व सरकारले ३२ वर्षसम्म गर्न नसकेका कामहरू गरेर उदाहरण प्रस्तुत गरेकोले यस निर्वाचन क्षेत्रका जनता एसकेएम पार्टीसँग खुशी रहेको बताए। चुनाउ त केवल औपचारिकता मात्र रहेको बताउँदै यस निर्वाचन क्षेत्रका जनताले एसकेएम पार्टीको उम्मेदवारलाई जिताइसकेको जानकारी गराए।