जिल्लापाल तुषार निखारले गरे सेक्टर मेजिस्ट्रेट र वुथ लेवल अधिकारीहरूसँग बैठक

IMG-20240405-WA0238.jpg

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा हिजो सेक्टर मेजिस्ट्रेट र बुथ लेवल अफिसरहरूलाई लिएर जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो।सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको उक्त सभामा विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। उक्त सभामा विशेष गरेर घरबाट मतदान गर्न सकिने नयाँ नियम यस वर्षदेखि भारतीय निर्वाचन आयोगले शुरू गरेको र उक्त नियम अनुसार ८५ वर्ष भन्दा अधिक उमेर पुगेका वरिष्ठ नागरिक र ४० प्रतिशत शारिरिकरूपमा असक्षम बनेका व्यक्तिहरूले घरबाट नै मतदान गर्न सक्नेछन्। सभामा जिल्लापालले वुथ लेवल अधिकारीहरूलाई चुनाउको समयमा सबैले प्रोटोकललाई अनुशरण गर्नुपर्ने निर्देश दिए।घरबाट मतदान गर्ने क्रममा उनीहरूदवारा गरिएको मतदान गुप्त राख्नु पर्ने र निष्पक्ष भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने आग्रह गरे। उनले घरेलु मतदान प्रक्रिया प्रारम्भ हुनुअघि राजनीतिक दललाई जानकारी गराउनु आवश्यक रहेको बताए। जिल्लापालले सेक्टर म्याजिस्ट्रेटहरूलाई घरमा मतदान गर्दा सतर्क रहन र इभीएमलाई सुरक्षित राख्नुपर्ने निर्देश दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *