वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूको घरमा पुग्यो सम्वन्धित अधिकारीहरू

IMG-20240405-WA0237.jpg

गान्तोक: आगामी १८ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई लिएर हिजोदेखि वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति घरबाट नै मतदान गर्न सकिने प्रक्रिया शुरू भएको छ। विशेष गरेर ८५ वर्ष भन्दा अधिक उमेरका वृद्धहरूले आजदेखि घरबाट नै मतदान गर्न सक्नेछन्, जसको निम्ति अधिकारीहरू घर घरमा पुगेर उनीहरूलाई मतदान गराउन शुरू गरेका छन्। यो प्रक्रिया राज्यभरि आगामी १६ अप्रेलसम्म निरन्तर चल्नेछ। भारतीय चुनाउ आयोगको दिशा निर्देश बमोजिम सिक्किम राज्य लगायत अन्य राज्यहरूमा पनि यो लागु भएको छ। यसरी नै शारिरिकरूपमा चालिस प्रतिशत असक्षम बनेकाहरूले पनि यसको लाभ उठाउन सक्नेछन् र घरमा बसेर नै मतदान गर्न सक्नेछन्। यसको निम्ति दुई वटा व्यालेट बक्स सहित सेक्टर अधिकारी, माइक्रो अबजर्भर, पोलिङ अधिकारी, पोलिङ एजेन्ट र साथमा पुलिसका सदस्यहरू पनि रहने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement