एसडीएफको राजनीतिक कार्यक्रम जनताको हक अधिकारको सुरक्षा: पीडी राई

n5977806401712326930236aabec54fdbeff057963d249d9d8acf8f2fd4c083c35d742af62b911e99149722.jpg

गान्तोक: एसडीएफ पार्टीका लोकसभा उम्मेद्वार पीडी राईले सिक्किमको हक अधिकारको सुरक्षा गरेर सिक्किमेको शीर गर्वले उच्च बनाउन एसडीएफ प्रतिबद्ध रहेको दाबी गरे। आज सिक्किमले आफ्नो हक अधिकार गुमाउँदै गएको छ, संविधारको धारा ३७१एफ तरलीकरण भएको छ, वित्त कानुन २०२३ र अन्य केन्द्रिय कानुनहरूले सिक्किमको अस्तित्वमाथि आक्रमण गरिरहेको अवस्था छ। यसैले एसडीएफ पार्टी यी सबैबाट सिक्किमलाई बचाउन सिक्किम बचाऔं अभियानका साथ जनतामाझ आएको उल्लेख राईले सम्बोधनमा गरे। आज नामथाङ रातेपानीका जनतालाई सम्बोधन गर्दै एसडीएफका लोकसभा उम्मेदवार राईले भने, एसडीएफ सिक्किम र सिक्किमे जनताको पार्टी हो अनि सिक्किमे जनताको हक अधिकारको सुरक्षा एसडीएफको एक मात्र राजनीतिक कार्यक्रम हो। राईले भने, एसडीएफ पार्टी सिक्किमवादी क्षेत्रीय पार्टी हो। एसडीएफ अनुशासित र जनपक्षीय पार्टी हो। एसडीएफ जनताको शान्ति सुरक्षाका लागि प्रतिबद्ध छ। उनले एसकेएम सरकारकालमा सिक्किममा हत्या हिंसा, अपराध बढेको शान्ति शृङ्खला भङ्ग भएको बताउँदै एसडीएफ राज्यमा शान्ति, सुरक्षा र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध छ, भने। सिक्किमको विकास र उन्नतिसितै सिक्किमेको हक अधिकारको सुरक्षाका लागि एसडीएफ सरकार भएकै दिनदेखि काम गर्ने बताउँदै पीडी राईले एसडीएफ उम्मेदवार श्री सुमन प्रधान र आफूलाई मतदान गरेर जिताउन नामथाङ-रातेपानीका जनतालाई आग्रह गरे। राईले पदम गुरुङलाई न्याय दिन एसडीएफ पार्टी प्रतिबद्ध रहेको बताउँदै जनतालाई एसडीएफ पार्टीलाई मतदान गर्न थप अपील गरे।

जनसभालाई सम्बोधन गर्दै नामथाङ रातेपानीका एसडीएफ उम्मेदवार सुमन प्रधानले आफू नामथाङ रातेपानीको जनताको सेवाका लागि प्रतिबद्ध रहेको बताए। उनले भने, आज हाम्रा युवालाई मागेर खाने बनाइँदैछ तर हामी हाम्रा युवालाई आत्मनिर्भर बनाउनेछौं। हामी मेगा इम्प्लोएमेन्ट स्कीम लिएर आउँदैछौं, युवाहरूका लागि काम गर्ने अवसर लिएर आउने छौं। म व्यक्तिगत लाभका लागि होइन जनताको सेवा गर्न आएको छु भन्दै उनले मतदानका लागि अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *