गुवाहाटी: लोकसभा चुनाउको प्रचार क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी १७ अप्रेलमा असम आउनेछऩ्। यस बाहेक केन्द्रिय गृहमन्त्री अमित शाह ७ र ८ अप्रेलमा असममा जनसभाहरू गर्नेछऩ्।
असम सरकारका लोक स्वास्थ्य अभियन्त्रण, पर्य़टन आदि मामिलाहरूका मन्त्री जयन्त मल्लबरूवाले शुक्रवार मीडियालाई भने, प्रधानमन्त्रीले नलबाड़ीमा एक जनसभालाई सम्बोधित गर्नेछऩ्। प्रधानमन्त्रीको कार्यक्रमको तयारीहरू व्यापक रूपमा शुरू भइसकेको छ। यस बाहेक केन्द्रिय गृहमन्त्री अमित शाह दुई दिवसीय यात्रामा 7 र 8 अप्रेलमा असम पुग्ने कार्यक्रम छ। यस अवधि गृहमन्त्रीले पनि धेरै चुनावी सभाहरूलाई सम्बोधित गर्नेछऩ्।
उल्लेख्य, असममा लोकसभा चुनाउको पहिलो चरणमा माथिल्लो असमको डिब्रूगढ़, लखीमपुर, जोरहाट, काजीरंगा, शोणितपुर आदि सीटहरूमा १९ अप्रेलमा मतदान हुनेछ। जबकि नगाउँका साथै तल्लो असमको दरंग-उदालगुड़ी आदि सीटहरूमा दोस्र चरणमा २६ अप्रेलमा मतदान हुनेछ। असममा तेस्रो चरणको मतदान ७ मईमा हुनेछ।
यस चुनाउमा सत्तारूढ़ भारतीय जनता पार्टी (भाजपा) तथा मुख्य विपक्षी दल कांग्रेसले आफ्नो पूरा शक्तिको साथ चुनाउ प्रचार गरिरहेका छऩ्। यहीबीच आम आदमी पार्टीका दुई उम्मेदवार तथा असम जातिय परिषद, बोडोल्याण्ड पीपुल्स फ्रन्ट आदि पार्टीहरूका उम्मेदवारहरूले पनि आ-आफ्नो तरीकाहरूले चुनाउ प्रचार गरिरहेका छऩ्।