चट्याङले हान्दा एक व्यक्तिको मृत्यु

राजगञ्ज: चट्याङले हान्दा एकजना व्यक्तिको मृत्यु भएको छ। चट्याङले मर्ने ना व्यक्ति राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायतको दुन्दीपाडा इलाका निवासी ३५ वर्षीय जामशेद अलीको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरुको भनाई अनुसार गत साँझ पानी परिरहेको समय जामशेद घर नजिक रहेको पाट खेत गएर घर फर्किरहेको समय चट्याङ लागेर गम्भीर घाइते भएपछि तत्कालै परिवारका सदस्यहरूले तिनलाई फुलबारीको एउटा गैर सरकारी नर्सिङ होममा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement