बायसेन्टनियल क्रिक्रेट टुर्नामेन्टमा सन्त अगस्टिनको उत्कृष्ट प्रदर्शन

IMG-20240405-WA0206-1

कालेबुङ: सेन्ट पौल्स दार्जीलिङमा सम्पन्न दोस्रो बायसेन्टनियल अन्डर फोर्टिन क्रिक्रेट टुर्नामेन्टमा कालेबुङको सन्त अगस्टीनले उत्कृष्ट प्रदर्शन गरेको छ। विगत मंगलबारबाट सुशुरु भएको टुर्नामेन्टमा कालेबुङलाई प्रतिनिधित्व गर्दै गएको सन्त अगस्टीनको टोलीले लगातार रापिलो प्रदर्शन गर्दै आइरहेको थियो। अगस्टिनको अन्डर फोर्टिन क्रिक्रेट टोलीका खेलाड़ीहरूमा रेन्जोङ लेप्चा, अपूर्व सिहं पोर्तेल,सन्दीप खवास, श्रेष्ठाङ्कर सम्मादार, सेहाङ राई, श्रेयास शर्मा, आर्याबीर बर्मन,केल्जाङ छोपेल लेप्चा, अङ्गत खवास ,दीक्षान्त शर्मा,कुशल खवास,अब्रहानिल अधिकारी,मोहम्मद ताहिर, अर्पित थापा र अर्सुद पराजुली सामेल थिए। टोलीले पहिलो म्यान गोथाल्स विरूद्ध खेलेको थियो भने जुन खेलमा ११२ रनको लक्ष्यलाई पछ्याउने सन्त अगस्टीनको टोलीले केवल तेह्र ओभरमा नै  एकतर्फी जीत हासिल गरेको थियो। जुन खेलमा सन्त अगस्टीनका सुहाङ राई म्यान अफ द म्याच बनेका थिए। यसको लगत्तै दोस्रो खेलमा नर्थ पोइन्ट दार्जीलिङलाई हराउँदै सन्त अगस्टीनले फाइनमा आफ्नो जग्गा सुरक्षित गरेको थियो। जुन खेलमा अगस्टीनका अंगत खवास म्यान अफ द म्याच बनेका थिए। यस बाहेक आज खेलिएको फाइनल खेलमा पाँच रनको झिनो अन्तरालले सेन्ट पौल्स विजयी र सन्त अगस्टीन कालेबुङ उपविजयी दल बन्न पुगेको छ। टुर्नामेन्टको मस्ट प्रमोसिङ प्लेयर्स सन्त अगस्टीनका अपूर्वसिहं पोर्तेल बनेका छन्। खरसाङ, दार्जीलिङ र कालेबुङका स्कूलहरूबीच भएको उक्त टुर्नामेन्टमा स्कूलका खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरेको जनाउँदै कोच तथा शिक्षक नारायण गुरूङले भने, ‘कालेबुङबाट गएर नयाँ ग्राउण्ड र नयाँ परिवेशमा खेल्नुपर्दा पनि हाम्रा नानीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

नानीहरूको प्रदर्शनसंग हामी खुशी छौं। फाइनल खेलमा झिनो अन्तरले उपबिजैता बन्न परे तापनि नानीहरूले आफ्नो सर्वश्य दिएका थिए। जसले गर्दा खेलाड़ीहरूले सन्त अगस्टिन स्कूलसंगै कालेबुङको नामलाई पनि गौरवन्वित बनाएको छ।’ टोलीमा कोच प्रभात कुजुर र शिवाजी घोष पनि सामेल थिए।

About Author

Advertisement