यसपाली पनि भाजपाले पहाडको जनतालाई गोर्खाल्याण्डको नाममा भोट मागेर लट्टाउने काम भईरहेको छ: सन्तोष तामाङ

IMG-20240405-WA0203.jpg

खरसाङ: यसपाली पनि पहाडको जनतालाई गोर्खाल्याण्डको नाममा भोट मागेर लट्टाउने काम भईरहेको छ भनी तृणमूल कांग्रेसको भातृ संगठन आईएनटीटीयुसीको सचिव सन्तोष तामाङले आज बताएका छन्। उनले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै जब जब भोटको बजार आउँछ बीजेपी पार्टीले पहाडको नेताहरूलाई गोर्खाल्याडको नाम गरेर जनताको अघि उतार्ने गर्दछ। विगत १५ सालदेखि गोर्खाल्याडको नाममा जनतालाई भोट मांग्दै लगेता पनि अहिलेसम्म कुनै वचन पूरा गर्न सकेको छैन भनी बताएका छन्। सन्तोष तामाङले भने, ‘बीजेपी उम्मेद्वारले तृणमूल काँग्रेस सरकारले पहाडको जनतालाई नढाँटीकन विकास अनि सहुलियत दिईरहेका छन्। जनतालाई दिंगभ्रमित पार्नको निम्ति गोपाल लामा जस्ता एक इमानदार व्यक्तिलाई निचा देखाउने काम गरिरहेको छ अनि आफुहरूले बीजेपीको मेनिफेस्टोमा गोर्खाल्याण्ड जस्तो गोर्खाहरूको मांग हाल्न नसकेर नै पीपीएस शब्द हालेर जनतालाई झुक्याउने काम गरिरहेको छ। यसको प्रमाण निरज जिम्माले बीजेपी उम्मेद्वारले नामांकन भर्ने दिन दार्जिलिङमा एक मिडियासित कुरा गर्दै खुलासा गरेका थिए। केन्द्र सरकारको ठूला – ठूला प्रोजेक्टहरू पहाडमा लिएर आउने वचन दिए पनि विगत 15 सालमा तर बीजीपीले दिन भने केही सकेका छैन्।’
आईएनटीटीयुसीको नेता सन्तोष तामाङले अघि भने, ‘खरसाङका भाजपा विधायक बीपी बजगाईले भोटमा बीजेपीको ब्यानरमा उठेका उम्मेद्वार थियो। जुन पार्टीको बडाई गर्दै हिड्ने व्यक्तिले आज बीजेपीको विरोध गर्दै स्वतन्त्र उम्मेद्वार भएर खडा भएको छ। यसको मतलब बीजेपीले पहाड़मा केही पनि गर्दैनन् भनी प्रमाण भएको छ।” सन्तोष तामाङले अझ भने, ‘क्षेत्रीय पार्टीहरूलाई भोटको समयमा मात्र सपना देखाएर भोटपछि कुनै पनि सहुलियतदेखि टाडो राखिटेर आफ्नो विचारमा पहाडमा आएको देखिरहेको छ। बीजेपी पार्टी टले पहाडको छेत्रीय पार्टीहरू मासेर केवल पहाडमा बीजेपी पार्टीलाई अघि बढाउने काम मात्र गर्छ। यसपाली पहाडको जनताले पनि देखाउने समय आएको छ। हामी सौझो छौं इमानदार छौं। तर हामीमाथि १५ सालदेखि गोर्खाल्याण्डको नाममा जनतालाई भोट हाल्ने मशीन सम्झेर भोट लिएर गएको छ। तर अब हामी यसपाली भने बीजेपीलाई होइन तृणमूल काँग्रेस पार्टीको उम्मेद्वार गोपाल लामालाई भोट दिएर पठाउनुपर्छ ता कि हाम्रो ठाउँलाई विकसित बनाउन अनि धेरैवटा मांगहरूलाई पूरा गर्नलाई सचेत जनताले शान्तिपूर्ण हिसाबले मतदान गरी दिने निवेदन गरेका छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement