पहिलो भोटरहरूलाई लिएर खरसाङ महाविद्यालयमा सचेतना कार्यक्रम

IMG-20240405-WA0200.jpg

खरसाङ: यसपालीको चुनावमा प्रथमपल्ट भोट हाल्न गईरहेका युवाहरूलाई लिएर खरसाङ महाविद्यालयमा भोटर सचेतना कार्यक्रम सम्पन्न भएको छ। खरसाङ महकुमा प्रशासन, महकुमा सूचना एवं सांस्कृतिक विभाग र खरसाङ महाविद्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त भोटर सचेतना कार्यक्रममा खरसाङ महाविद्यालयमा अध्ययनरत् विद्यार्थीहरूलाई लिएर सचेतनासहित प्रतियोगितामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

यसपाली पहिलोपल्ट मतदान गर्न गईरहेका खरसाङ महाविद्यालयमा अध्ययनरत् विद्यार्थीहरूमाझ प्रतियोगितामूलक फेशन शो आयोजना गरेर मिस भोटर र मिस्टर भोटर चयन गरेर पारितोषिक वितरण गरिएको जानकारी प्राप्त भएको छ।

उक्त कार्यक्रममा खरसाङ महकुमाको अतिरिक्त महकुमा शासक कैलाश प्रसाद र लाडेन लेप्चा, सूचना अनि सांस्कृतिक विभागबाट निमा छिरिङ शेर्पा, खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बल, प्राध्यापक बिप्लव दास लगायत विद्यार्थीहरूको सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement