भागोप्रमो पंखाबारी लंगभ्यु अम्बटे समष्टिको चुनावी कार्यालयको उद्धाटन

IMG-20240405-WA0198.jpg

खरसाङ: आगामी लोकसभा चुनावलाई ध्यानमा राखेर खरसाङको गाडीधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको चुनावी कार्यालय उद्घाटन गरिएको छ। उक्त चुनाव कार्यालय समष्टिको कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विधिवत् रूपमा पूजा अर्चनासहित उदघाटन गरिएको छ। आगामी लोक सभा चुनावमा पार्टीको सांगठनिक कार्यको निम्ति उक्त चुनावी कार्यालयको उद्धाटन गरिएको छ। यस अवसरमा समष्टिको कार्यकारी सभासद कल्पना प्रधानले यसपाली लोकसभा चुनावमा समष्टिको पक्षबाट प्रार्थी गोपाल लामालाई भारी मत खसाली बिजय गरिदिने अनुरोध गरिन् साथै समष्टिभरिको सबै बुथहरूमा पार्टी समर्थित प्रार्थीले जीत हाँसिल गर्न पर्ने मत राखिन्।
आज सम्पन्न उद्धाटन कार्यक्रममा समष्टि सभापति साथै सन्त मेरीजलतीन ग्राम पञ्चायत प्रधान मनिराज डुम्जन, समष्टि सचिव ललित प्रधान, घैयाबारी ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा, समष्टि सांगठनिक सचिव सुवास छेत्री, समष्टि सह सचिव कुनाल छेत्री, समष्टि नारी शक्ति प्रतिनिधिगण साथै पार्टी कार्यकर्ताहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement