बागडोग्रा एसियन हाइवे–२ मा सडक दुर्घटना, एक घाइते

बागडोग्रा: बागडोग्राको एशियन हाइवे–२ को पानीघाटा मोडमा शुक्रबार बिहान चारपाङ्ग्रे सवारीसाधन र पिकअप भ्यान एक आपसमा ठोक्किँदा एकजना घाइते भएका छन्।प्राप्त जानकारी अनुसार माछाले भरिएको पिकअप भ्यान बिहारबाट सिलगढी जाँदै थियो। त्यसपछि पानीघाटा मोर फ्लाईओभरमा चढ्ने क्रममा दुवै सवारीसाधन एकआपसमा ठोक्किएपछि चारपाङ्ग्रे गाडी पल्टिएको हो। घटनामा चार पाङ्ग्रे सवारी चालक गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। यता, घटनापछि चालक पिकअप भ्यान छोडेर फरार भएका छन्। खबर पाएर बागडोगरा थानाको पुलिसले क्रेनको सहायताले दुवै सवारीसाधन बरामद गरेको थियो। घाइते चालक सेवानिवृत्त सैनिक रहेको बताइएको छ। तर, घाइते चालकको गल्तीका कारण यो घटना भएको स्थानीयले बताएका छन्। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement