सिलगढीमा शिक्षकलाई कुटपिट गर्ने दुईजना पक्राउ परेका छन

सिलगढी: सिलगढीमा एक शिक्षकलाई कुटपिट गरेको मामिलामा असिघर पुलिसले २४ घण्टाभित्र दुई युवालाई पक्राउ गरेको छ। पक्राउ परेका युवाको नाम अभिजित सिंघो (देवा) र मृणाल सिंघो रहेको छ। दुवै दाजुभाइ हुन्। असिघर थाना अन्तर्गतको वार्ड नम्बर ३६ पञ्चानन रोड क्षेत्रमा बुधबार भएको कार्यक्रममा राति अबेरसम्म डीजे बजाइएको थियो। जसको विद्यालयका शिक्षक अभिजित सरकारले विरोध गरेका थिए। कार्यक्रममा उपस्थित केही युवाले विद्यालयका शिक्षक अभिजित सरकारलाई डिजे बन्द गर्न भन्दै नराम्ररी कुटपिट गरेको आरोप छ। त्यसपछि स्थानीय बासिन्दाको सहयोगमा गम्भीर घाइते विद्यालयका शिक्षकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। घटनापछि शिक्षकले असिघर थानामा लिखित उजुरी दिएका थिए। उजुरी परेको २४ घण्टाभित्रै अभिजित सिँघो उर्फ देवा र मृणाल सिंघोलाई पुलिसले पक्राउ गरेको हो। आज दुवै आरोपीलाई जलपाईगुडी अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement