सिलगढीमा हतियारसहित एक युवक पक्राउ

IMG-20240405-WA0192.jpg

सिलगढी: माटिगरा पुलिस थानाले एक थान भरुवा बन्दुक र दुई वटा जिउँदो कारतूससहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम प्रसणो बागची (२५) हो। उनी इन्दिरापल्लीस्थित शिव मन्दिर क्षेत्रका बासिन्दा हुन्। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा गएराति माटिगरा पुलिस थानाको सादा पोशाक पुलिसले शिवमन्दिर रेलवे गेट नजिकै अपरेशन गरी प्रसन्न बागचीलाई शंकाको आधारमा रोकेको थियो। त्यसपछि खोजीका क्रममा उनको साथबाट एक थान देशी पेस्तोल र दुई थान कारातूस बरामद भएको थियो। पछि उनी पक्राउ परे। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement