पर्याप्त रन बनाए पनि क्याच छोड़ेर हाऱ्यौंः गिल

IMG-20240405-WA0158.jpg

अहमदाबाद: गुजरात टाइटन्सका कप्तान शुभमन गिलले आईपीएल २०२४-को म्याचमा पञ्जाब किंग्स विरुद्ध ३ विकेटले हारको सामना गरेपछि उनको टीमले पर्याप्त रन बनाए पनि क्याच छोड़्दा परिणाम भोग्नु परेको बताए। बिहीवार राति खेलिएको म्याचमा टाइटन्सको टीमले तीनवटा क्याच फुत्कायो। गिलले म्याचपछि भने, केही क्याच छोड़्नु हाम्रो निम्ति महँगो साबित भयो। यस्तो विकेटमा क्याच छोड़्नु भनेको नै विपक्षी टीमको काम सजिलो गर्नु हो। यी परिस्थितिहरूमा रनलाई बचाउनु मुश्किल हुन्छ। नयाँ बलको साथ असल प्रदर्शन गरे पनि हामीले सुधार गर्नु पर्नेछ। मेरो विचारमा २०० राम्रो स्कोर थियो। हामी १५औं ओभरसम्म पनि म्याचमा थियौं। यसरी क्याच छोड़्दा टीम समस्यामा पर्ने तय हुन्छ।

म्याचको कुरा गर्दा गुजरात टाइटन्सले पहिला ब्याटिंग गर्दै कप्तान शुभमन गिलको अर्द्धशतकको सहायताले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो। गिलले ६ वटा चौका र ४ वटा छक्काको साथ ४८ बलमा अविजित ८९ रन बनाए। यसबाहेक साई सुदर्शनले ३३, केन विलियम्सनले २६ र राहुल तेवतियाले अविजित २३ रन बनाए। पञ्जाबका बलरहरूमा कागिसो रबाडाले सर्वाधिक २ विकेट लिए। जवाफमा पञ्जाब किंग्सले खराब शुरुवातपछि १९.५ ओभरमा ७ विकेटमा २०० रनको लक्ष्यलाई हासिल गऱ्यो। कप्तान शिखर धवन केवल १ रन बनाएर आउट भएपछि समस्यामा जाँकिने पञ्जाब किंग्सबाट शशांक सिंहले छैटौं नम्बरमा ओर्लिएर अविजित ६१ रन बनाएर टीमलाई रोमाञ्चक जीत दिलाए। उनले २९ बल खेलेर ६ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक प्रभसिमरन सिंहले ३६, अशुतोष शर्माले ३१ र जनी बेयरस्टोले २२ रनको योगदान दिए। टाइटन्सका बलरहरूमा स्पिनर नूर अहमदले सर्वाधिक २ विकेट लिए। यस म्याचपछि पञ्जाब किंग्स र गुजरात टाइटन्सको ४-४ वटा म्याचपछि ४-४ पोइण्ट्स पुग्यो तर नेट रन रेटको आधारमा शिखर धवनको टीम पाँचौं र गिलको टीम छैटौं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *