सिक्किममा राजमनीतिक हमला हुने क्रम निरन्तर जारी

n5975251021712257668066e8ffc893ac0fa40a0ead3e099c04f7b16e10c5b92e9b324f85b6fe16045fc60d.jpg

गान्तोक: सिक्किममा राजमनीतिक हमला हुने क्रम निरन्तर जारी रहेको छ। यस्तै अर्को राजनीतिक उद्देश्यले प्रेरित हमला हिजो मध्यरात्री पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सवाली गाऊँमा भारतीय जनता पार्टीका कर्मठ कार्यकर्ता माथि उनकै घरमा प्राणधातक हमला भएको जानकारी प्राप्त भएको छ।

पीडितको अवस्था गम्भिर रहेको परिवारले जनाएको छ।

पीडित सुमन राई माथि भएको घटनालाई लिएर नयाँ बजार पुलिस थानामा एक प्राथनमिकी दर्ता गरिएको छ। घटनामा सिक्किम क्रान्तिकारी मार्चा पार्टीका सक्रिय कार्यकर्ताहरू क्रमशः प्रवेश क्षेत्री, संगम राई, मिङ्मा राई उर्फ थम्बे अनि नितेश क्षेत्री संलग्न गरेको प्राथमिकीमा जनाइएको छ।

भारतीय जनता पार्टीका प्रत्याशी पहलमान कामीले उक्त घटनाको कडा शब्दमा भत्सर्ना गर्दै सत्तारूढ पार्टीको उम्मेदवार मदन सिञ्चुरीबाट नै प्रायोजित हमला भएको भन्दै घटनामा संलग्न रहेका सबै एसकेएम पार्टीका सक्रिय कार्यकर्ता रहेको आरोप लगाए।

उनले क्रान्तिकारी मार्चा पार्टीले हिंसाका राजनीति गरिरहेको र त्यस्ता हिस्रंक गतिविधिले सिक्किमलाई भलो नहुने तथा सिक्किममा चुनाउ शान्ति प्रिय ढङ्गमा नहोस् भन्ने हेतुले डरको संत्रास फैलाउन सो हमला गरिएको पनि आरोप लगाए। घाइते बनेका सुमन राई अहिले नाम्ची अस्पतालमा उपचाराधिन रहेको पनि जानकारी दिएको।

पीडित राईका पिताले भारतीय जनता पार्टीमा सामेल भएको अनि घरमा झण्डा लगाएको भन्दै राती हमला गरिएको पनि भाजपा उम्मेदवार कामीले आरोप लगाएका छन्।

अर्को पटि नयाँ बजार पुलिसले चारजना आरोपीहरू विरूद्ध भारतीय दण्ड संहिताको 325/34 अन्गर्गत मामिला दर्ता गरी पक्राउ गरिएको जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement