केकेआर विरुद्ध हारलाई अस्वीकार्य र निराशाजनक बताए प्रशिक्षक पण्टिंगले

IMG-20240404-WA0170.jpg

विशाखापट्टनम: आईपीएल २०२४-मा कलकत्ता नाइट राइडर्स विरुद्ध १०६ रनको हारलाई दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पण्टिंगले अस्वीकार्य र निराशाजनक बताएका छन्। बुधवार राति खेलिएको म्याचमा दिल्ली क्यापिटल्सले केकेआर-लाई ७ विकेटमा २७२ रन बनाउन दियो अनि पछिबाट पूरा टीम १७.२ ओभरमा १६६ रन बनाएर लम्पसार भयो। प्रशिक्षक पण्टिंगले भने, यसको हारको अहिले समीक्षा गर्नु मुश्किल छ। म विशेषगरी पहिलो हाफमा टीमको प्रदर्शनसँग निराश छु। यति धेर रन खर्च गर्नु सोचदेखि बाहिरको कुरा हो। हामीले १७ वटा वाइड बल गऱ्यौं। यसैकारण आफ्नो २० ओभर पूरा गर्न २ घण्टा समय लाग्यो। त्यसले गर्दा हामी फेरि दुई ओभर पछि रह्यौं अनि अन्तिम दुई ओभरमा सर्कल बाहिर केवल चारजना फील्डर राख्न सक्यौं। हामी टीमका खेलाड़ीहरूसँग चाँड़ै यसबारे चर्चा गर्नेछौं अनि गल्तीहरू सच्याउनेछौं। खुलेर कुराकानी हुनु जरूरी पनि छ। यस्तो प्रदर्शनले टीमको मनोबल धरातलमा पुग्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *