लखनऊ: उत्तर प्रदेश एटीएसले नेपाल हुँदै भारतमा घुसपैठ गर्ने तीन आतंकवादीलाई पक्राउ गरेको छ। पक्राउ परेका आतङ्कीहरूमा २ पाकिस्तानी र १ कश्मीरी आतंकवादी छन्, जो हिजबुल मुजाहिद्दीन र आईएसआईसँग सम्बन्धित छन्। उत्तर प्रदेश एटीएसलाई पछिल्ला केही दिनदेखि पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको सहयोगमा पाकिस्तानी नागरिकहरू नेपाल हुँदै भारत प्रवेश गर्ने जानकारी प्राप्त भइरहेको थियो। एटीएसले यी व्यक्तिहरूले भारतमा आतंकवादी घटनाहरू गर्ने योजना बनाएको र आईएसआईको सहयोगमा हिजबुल मुजाहिद्दीनको प्रशिक्षण शिविरमा प्रशिक्षण लिएको पनि जानकारी प्राप्त भएको थियो।
यो सूचना पाएपछि एटीएसको गोरखपुर इकाईले निगरानी गरेको र दुईजना पाकिस्तानी व्यक्ति भारत–नेपाल सीमाको तटीय गाउँ शेख फरेन्डा हुँदै गोप्य मार्गबाट भारत प्रवेश गरेको जानकारी आएको एटीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ३ अप्रेलमा नेपाल भारत अर्थात् सोनौली बोर्डबाट एटीएसको गोरखपुर इकाईले तीन जना अभियुक्तलाई पक्राउ गरेको थियो। अभियुक्तहरूको नाम मोहम्मद अल्ताफ भट, सैयद गजानफर र नसिर अली हुन्। मोहम्मद अल्ताफ भाट पाकिस्तानको रावलपिंडीका निवासी हुन्, सैयद गजानफर पाकिस्तानको इस्लामावादका निवासी हुन्। नासिर अली जम्मू कश्मीरको श्रीनगरका बासिन्दा रहेको समाचारमा बताइएको छ।