गुवाहटी: युवा मामिला र खेल मन्त्रालय (एमवाईएएस)-को मिशन ओलम्पिक सेल (एमओसी)-ले आफ्नो १२९औं बैठकमा पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गर्ने भारतीय बक्सरहरूलाई तुर्कीमा प्रशिक्षण दिने प्रस्तावहरूलाई मञ्जुरी दियो। एशियन गेम्सको अवधि ओलम्पिक कोटा हासिल गर्ने निकहत जरीन, प्रीति पवार, प्रवीण हुडा र लवलीना बोरगोहेनलाई टारगेट ओलम्पिक पोडियम स्कीम (टप्स)- अन्तर्गत एमवाईएएस-बाट वित्तीय सहायता प्राप्त हुनेछ। तुर्कीमा एउटा विशेष प्रशिक्षण शिविरको निम्ति यी बक्सरहरूसँग दुईजना कोच र एकजना फीजियोथेरेपिस्ट पनि रहनेछन्। एमओसी-ले पीयर्स ओलम्पिक क्वालीफायर र एशियन च्याम्पियनशीपको तयारी गरिरहेका पाँच पहलवानहरूलाई पनि विदेशमा प्रशिक्षण शिविरमा हिस्सा लिने अनुमति दियो। पहलवान सुजीत (६५ किग्रा), दीपक पूनिया (८६ किग्रा) र नवीन (७४ किग्रा) अप्रेलमा एशियाई ओलम्पिक क्वालीफिकेशन टुर्नामेण्ट अघि प्रशिक्षणको निम्ति रुस यात्रामा जानेछन्।