पुटुङ चियाबगानको खोप्रेल निवासी मेघबहादुर दर्जीलाई सहयोगको लागि आहवान

IMG-20220804-WA0142.jpg

पानीघट्टा: सौरेनी समष्टिअन्तर्गत पुटुङ चियाबगानको खोप्रेल निवासी मेघबहादुर दर्जी जो बोल्न पनि सक्क्षम छैन उनी गत चार महिनादेखि रोगले ओछ्यानमा छटपटाइरहेका छन्l उनको पत्नी कौशिला दर्जी पनि बिमारी अवस्थामा नै छिन्। घर पनि नाजुक अवस्था रहेको छ भने गत चार महिनादेखि विकट समस्यामा परेका छन्। मेघ बहादुरले आफ्नो सम्पूर्ण जीवन पुटुङ चियाबगानमा श्रमिकको काम गरेर बिताए पनि चियाबगानको दयनीय अवस्था रहेको कारण उनले न ग्राचुटी फण्ड पाए न त पीएफ नै, यदि बगान राम्रोसँग संचालन हुनु हो भने अहिले यो रोगले सताएको समयमा त्यो रूपियाँले काम गर्थोl शरीरमा धेरै रोग रहेको छ भने दुवै खुट्टाको घुँडा फुलिएर हिँडन सक्ने अवस्था छैन। आज उक्त कुरोको खबर पाएर रिपोर्टस क्लब अफ तराई ब्रान्चका पत्रकारहरू खोप्रेल पुगेर निरक्षण गर्दा मेघबहादुरको अवस्था एकदमै गम्भीर रहेको र घरको अवस्था पनि राम्रो नभएको देखियो। उठ्न नस्कने अवस्थामा रहेको मेघले हातको ईशाराले भने एउटा दवाई किनेर खाने पैसा छैन। पत्नीलाई देखाउँदै ईशाराले भन्छ मेरो पत्नी पनि बिमार छ भन्दै गहभरी आँशु झर्दै भने। स्थानीय समाजसेवी सन्तोष थापाले यी दुबै अहासयहरूको निम्ति सहयोगी हातहरू अघि आइदिएर सहयोग पुर्याइदिने अपिल गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *