सोनिया गान्धीले लिइन् राज्यसभा सदस्यताको शपथ

sonia-gandhi_9b68aeeb8289f9060ca5241863f455d6.jpeg

नयाँ दिल्ली: कांग्रेसकी पूर्व राष्ट्रिय अध्यक्ष सोनिया गान्धीले बिहिवार राज्यसभा सदस्यको रूपमा शपथ लिइन्। उनी राजस्थानबाट राज्यसभाको निम्ति निर्वाचित भएकी छन्।राज्यसभाका सभापति जगदीप धनखड़ले उनलाई शपथ दिलाए। राज्यसभा सदस्यको रूपमा सोनियाले आफ्नो नयाँ पारी शुरू गर्दा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले उनलाई बधाई एवं शुभकामना दिए। खड़गेले एक्समा लेखे, प्रतिकूल परिस्थितिहरू र उथल-पुथलको मध्यनजर उनको साहसी लचीलोपना र गरिमामय अनुग्रहले हाम्रो संसदीय रणनीतिको मार्गदर्शन गरिरहनेछ। उनले लोकसभामा सेवा गर्दै २५ वर्ष पूरा गरेकी छन् र अब म र मेरा साथी सदस्यले उच्चसदनमा उनको उपस्थितिको प्रतिक्षा गरिरहेका छन्। म उनको सफल कार्यकालको कामना गर्दछु। सोनिया गान्धीको शपथको अवसरमा कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, राष्ट्रिय महासचिव प्रियंका गान्धी वाड्रा र रबर्ट वाड्रा पनि उपस्थित रहे। राज्यसभा सदस्यको रूपमा ७७ वर्षीय सोनिया गान्धीको यो पहिलो कार्यकाल हो। सोनिया रायबरेली लोकसभा सीटको प्रतिनिधित्व गरिरहेकी थिइन्। अब उनी लोकसभा चुनाउ लड्नेछैनन्। वर्ष १९९९ मा कांग्रेस अध्यक्षको पद सम्हालेपछि उनी पहिलो पल्ट लोकसभा सदस्य चुनिएकी थिइन्। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीपछि सोनिया गान्धी राज्यसभामा प्रवेश गर्ने गान्धी परिवारको दोस्रो सदस्य हुन्। इन्दिरा गान्धी अगस्त १९६४ देखि फरवरी १९६७ सम्म राज्यसभाको सदस्य थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement