इभीएम सञ्चालनलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20240404-WA0167.jpg

नाम्ची: नाम्ची जिल्लाका इभीएम सञ्चालन टोलीलाई लिएर आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आले लगायत रिटर्निङ अधिकारीहरू सहित इभीएस सञ्चालन टोलीका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल अनन्त जैनले इभीएम सञ्चालन प्रक्रियालाई लिएर सबैलाई विस्तृतरूपमा अवगत गराए। इभीएम सञ्चालनलाई लिएर आगामी ५ अप्रेलको दिन बर्फुङ निर्वाचन क्षेत्र, पोकलोक कामराङ, रातेपानी नामाथाङ र संघको निम्ति हुनेछ भने ६ अप्रेलको दिन नाम्ची सिङ्गीथाङ, तिमी नाम्फिङ र राङगाङ निर्वाचनको निम्ति सम्पन्न हुने भएको छ भने यसरी नै ७ अप्रेलको दिन संसदीय निर्वाचन क्षेत्रको निम्ति प्रशिक्षण आयोजना गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement