गान्तोक: आरिथाङ निर्वाचन क्षेत्रका सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवार अरूण उप्रेतीले चुनाउ प्रचार प्रसारलाई गम्भीरतापूर्वक लिँदै सबैको घर-घरमा पुग्ने लक्ष्य राखेका छन्। यसै क्रममा आज उनले लाल बजार परिसरमा चुनाउ प्रचार गरे। विशेष गरेर लाल बजार परिसरमा देखिएको सबै समस्यालाई समधान गर्नको निम्ति उनले मन बनाइसकेको पत्रकारहरूलाई जानकारी गराए। २५ वर्षसम्म लाल बजार परिसरका जनताको समस्या समाधान चामलिङले गर्न नसकेको तर गत २०१९ को चुनाउमा एसकेएम पार्टीले सरकार गठन गरेपछि त्यहाँको प्राय जसो सबै समस्या समाधान गर्न सफल बनेको उप्रेतीले किटान गरे। हाल लालबजारका जनता एसकेएम सरकारको कामदेखि सन्तुष्ठ रहेको पनि उनले मन्तव्य प्रकट गरे। विशेष गरेर लाल बजारका हकर्सहरूको समस्या समाधानको निम्ति आफूले शुरूदेखि नै पहल गरेको र धेरै हदसम्म समस्या समाधान गरेको उनले किटान गर्दै रहल समस्या पून एसकेएम पार्टीको सरकार गठन हुनसाथ पुरा गर्ने उनले बचन दिएका छन्। आफ्नो चुनावी प्रचार प्रसारको क्रममा जनताबाट सकारात्मक प्रतिक्रिया पाएको र यसपालीको चुनाउमा ९० प्रतिशत मत हासिल गरेर आफू विजयी हुने पनि उनले आशा व्यक्त गरेका छन्।