वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति पोस्टल व्यालेट वितरण

IMG-20240404-WA0165.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति ८५ वर्ष भन्दा अधिक उमेरका वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति घरबाट मतदान गर्न सकिने पोस्टल व्यालेट आजदेखि वितरण भयो। पाकिम जिल्लाको भवन तथा आवास विभागबाट पोस्टल व्यालेट वितरण गरिएको जानकारी गराइएको छ। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको देखरेखमा पोस्टल व्यालेट वितरण गरिएको हो भने यस अवसरमा अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, कृषि विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। भारतीय चुनाउ आयोगले शारिरिकरूपमा असक्षम र वरिष्ठ नागरिकहरूद्वारा गरिएको मतदान गुप्तरूपमा राख्नु पर्ने निर्देश जारी गरेको छ। टोलीलाई मतपत्र सम्हाल्दा होसियार रहन र फारम भर्ने क्रममा ध्यान दिन आग्रह गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement