मंगन जिल्लामा इभीएम रेन्डोमाइजेसनलाई लिएर कार्यक्रम सम्पन्न

IMG-20240404-WA0164.jpg

मंगन: मंगन जिल्लास्थित पोन्टोकको जिल्ला प्रशासनिक केन्द्रमा दोस्रो चरणको इभीएम र भोटर भेरिफाइएवल पेपर अडिट ट्रायल अर्थात रेन्डोमाइजेसन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा आगामी दिनमा सम्पन्न हुने सिक्किम विधान सभा र लोकसभा चुनाउको निम्ति आएका जनरल पर्यवेक्षक उमा कान्त उमाराव उपस्थित रहेका थिए। कार्यक्रममा इभीएम व्यवस्थापन नियम अनुसार रेन्डोमाइजेसन गरियो जसको विकास भारतीय चुनाउ आयोगद्वारा गरिएको थियो। कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले दोस्रो चरणको इभीएम रेन्डोमाइजेसन प्रक्रियाबारे विस्तृतरूपमा जानकारी गराउँदै इभीएमको अनियमितताको दोस्रो चरणमा मङ्गन जिल्लाका तीनवटा निर्वाचन क्षेत्र अन्तर्गत सबै मतदान केन्द्रहरूमा इभीएम र भीभीपीएटी छुट्याइएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement