गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा यसपाली पनि पहिलो वैशाख कार्यक्रमसहित विभूतिहरूलाई सम्मान गरिने

IMG-20240404-WA0146.jpg

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा यसपाली पनि पहिलो वैशाखको कार्यक्रम भव्य रूपमा पालन गरिने भएको छ। पहिलो वैशाखको कार्यक्रमलाई लिएर आज खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता गोर्खा सांस्कृतिक संस्थानको अध्यक्षा आशा मुखिया लामाको अध्यक्षता र सचिव प्रनिता मुखिया घिसिङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा गोर्खा सांस्कृतिक संस्थानको अध्यक्षा आशा मुखिया लामाले पहिलो वैशाख विक्रम सम्वत् २०८१ को कार्यक्रमको रुपरेखा र जानकारी राखेकी थिइन्। उनले गोर्खा सांस्कृतिक संस्थान खरसाङले गर्दै आएको विभिन्न कार्यक्रमहरू विषयमा जानकारी पनि राखिन्। सभामा खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले आ-आफ्ना सुझावहरू र आफ्नो प्रकारको सहयोग र सहभागिता विषयमा जानकारी राखेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामाले यसपाली पनि गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा नेपाली नयाँ वर्ष बिक्रम सम्वत् २०८१ भव्य रूपमा पालन गरिने जानकारी गराइन्। उनले यसपाली पनि खरसाङमा सांस्कृतिक शोभा यात्रा निकालिने र उक्त सांस्कृतिक शोभा यात्रा खरसाङको बस टर्मिनसस्थित गोर्खा सांस्कृतिक चिन्तन भवनदेखि शुरु भएर खरसाङ बजार परिक्रमा गरेर रेलवे स्टेशन हुँदै खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनसम्म पुगेर समापन हुने जानकारी गराएका छन्। उनले बताए अनुसार यसपाली मुख्य आकर्षणके रूपमा गोर्खा सांस्कृतिक संस्थानको आयोजनामा विभूति सम्मान कार्यक्रम आयोजना गरिने र यस क्रममा पद्माश्री पुरस्कार प्रापक डा. एकलव्य शर्मा, फिल्म शान्तिको लागि अन्तर्राष्ट्रीय पुरस्कार प्रापक विवेक राई र यसै फिल्मको पटकथा लेखिका वरिष्ठ नारी हस्ताक्षर छिमी ओङ्मु अनि वरिष्ठ साहित्यकार एंव काष्ठकार युध्दवीर राणा आदिलाई विभूति सम्मान प्रदान गरिने भएको छ।

यसको साथै खेलकूदमा अन्तर्राष्ट्रीय स्तरमा खरसाङलाई प्रतिनिधित्व गरिरहेका एकजना वरिष्ठ खेलाडीलाई पनि सम्मान गरिने भएको जानकारी गराएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *