स्मृतिमा यादहरु

Untitled-1-copy-2
देवेन्द्र किशोर ढुङगाना    
भद्रपुर, नेपाल

यो गर्म हावा आएर,

उदास मनलाई जलाएर जान्छ

अश्रुले  भिजेका यी सबै ,

स्मृतिलाई  मेटाएर जान्छ…l

मनको यो लगाव अति,

जर्जर भएर चलेको छ,

यसै हावाको चोटले,

उ ठक्कर खाएर ढलेको छ…l

एक्लै बसेर यादहरुले,

एक प्रतिबिम्ब बनाउने छ,

आएर  गर्म ती धूल कणले,

यसलाई  धमिलो बनाएको छ…l

यी उदासिपनमा एक,

आशा पनि छ झिनो,

आएर  यो हावाले उसलाई,

आफ्नो साथ लिएर जाने छ…l

यहाँ एकान्तमा म एक्लै छु,

मेरो बितेका समयहरु छ,

यो हावा सफा लाग्दैन हकतै, जो बतासमा उड़ेर जाने छ…

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *