सुनसरीमा दिनदहाडै गोली पड्काएर लुटपाट

Thief-A

झापा, भद्रपुर (नेपाल): पूर्वीनेपालको सुनसरीमा दिनदहाडै गोली पड्काएर लुटपाट भएको छ। सुनसरीको इनरुवा नगरपालिका ९ र हरिनगरा गाउँपालिका ३ को सिमानास्थित नहर नजिकै दिनदहाडै गोली पड्काएर लुटपाट गरिएको हो। पुलिसका अनुसार गोली पड्काएर त्रसित बनाउँदै मोटरसाइकलमा सवार व्यक्तिको साथमा रहेको करिब साढे ५ लाख रुपियाँ नगद बुधबार  दिउँसो २:१५ बजेतिर लुटिएको हो। हरिनगरा गाउँपालिका २ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रुपियाँ नगद लुटिएको कोशी प्रदेश पुलिस कार्यालय विराटनगरका  एसपी दीपक पोखरेलले जानकारी गराए ।उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट लुटपाट भएको खुलेपनि घटनामा संलग्नको पहिचान भइसकेको छैन। अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कदै थिए। गोली पड्किएकोजस्तो आवाज सुनेपछि उनले मोटरसाइकल रोकेका थिए। अन्सारीले आफ्नो मोटरसाइकल रोक्नासाथ अर्को मोटरसाइकलमा रहेका तीनजना व्यक्तिले लुटपाट गरेको पुलिसको भनाइ छ। घटनामा संलग्नको पहिचान हुन नसकिरहेको र पुलिस परिचालन गरेर खोजी तीव्र पारिएको उनले बताए। लुटपाट गर्नुअघि गोली पड्काएको भनिएपनि अन्सारी सकुशल छन्। लुटेरा समूहको खोजीका निम्ति जिल्ला पुलिस कार्यालय सुनसरी, इलाका पुलिस कार्यालय देवानगञ्ज र हरिनगरा, पुलिस चौकी भुटाहालगायतका विभिन्न पुलिस युनिटबाट टोली परिचालन गरिएको एसपी पोखरेलले जानकारी  दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *