गजल

Untitled-1-copy-1

तिम्रो एक झल्को दर्शन पाएपछि उज्यालिन्छ दिन मेरो

तिम्रो मुस्कान र दर्शनबिना  अँध्यारिन्छ  छिनछिन मेरो

तिम्रो हाँसो, तिम्रो खुशी यी सबमा अडेको छ जिन्दगी

तिम्रै नाम जप्नमा रातदिन तृषित यो मन हुन्छ लीन मेरो

बोली उस्तै मानो संगीतको झंकार, चाल उस्तै मदमस्त

जीवन गीतको मीठो धुन बजाउने तिमी नै हौ बिन मेरो

तिमी नहुँदा लाग्छ यो जिन्दगी अँध्यारोको विरह गीत झैं

तिमी हुँदा मात्रै त लाग्छ हर साँझ र रात हुन्छ रङ्गीन मेरो

पहराको सुनाखरी नबनिदिनु कहिलेकाहीँ मात्र दर्शन हुने

खै,के भनूँ तिमीलाई प्रिये यो प्यासी दिल छैन अधीन मेरोll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement