चीन सरकारको सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण कार्य सञ्चालन

IMG-20240404-WA0002

झापा, (नेपाल): चीन सरकारको  सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका  निम्ति पहिलो चरणमा २२ वटा मालवाहक ट्रक नेपाल आएको छ। १ सय २८ वटा ट्रक आउने क्रममा छन्। तर सडक साघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका–१ जलजलेसम्म पुग्न समस्या भएको बताइन्छ। मालवाहक ट्रकका निम्ति रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत, दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्ग साँघुरो भएको  खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले बताए l सडक अति साँघुरा हुँदा उपकरण ढुवानीमा समस्या हुने बताउछन। उनका अनुसार हाल रत्न राजमार्ग भएर आएका ट्रकले कर्णाली र मध्यपहाडी राजमार्गको रुट प्रयोग गर्ने गरिएको छ। जबकि यो सुर्खेत–दैलेख सडक खण्डभन्दा दोब्बर बढी लामो दुरी हो।

दैलेख–सुर्खेत (६७ किमी) सडक अति साघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको सांगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। सुर्खेतबाट आयोजनास्थल जलजले करिब ७५ किमी छ। तर कर्णाली राजमार्ग र मध्यपहाडीको बाटो प्रयोग गर्दा ट्रकलाई ९० किमी पार गर्नुपर्छ। यसले गर्दा समय बढी लाग्नुका साथै सडक सुरक्षाको जोखिम बढ़ि देखिएको छ। आयोजना प्रमुख नापितले दैलेख–सुर्खेत खण्ड साँघुरो हुँदा दुई गुना बढी समय लाग्ने गरेको बताउछन्। ‘सडक फराकिलो नहुँदा ठूला ट्रकहरु पालै -पालो  नेपाल आएको छ,’ उनले भने , ‘एक महिनासम्म भन्सार छुट पत्र पाउन ढिलाइ भयो, अब त्यस्तै समय सडकले लिने देखिन्छ।’

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले ट्रकसँगै डोजर, स्काभेटर पठाएर सडक फराकिलो पार्दै ढुवानीको व्यवस्था मिलाइएको पनि जानकारी दिए । यसअघि चिनियाँ टोलीसँगै साघुरो सडकका विषयमा अध्ययन भएको थियो।

‘ट्रक आउन सक्छ भन्ने निष्कर्षमा पुगेका थियौं, तर ट्रकको आकार ठूलो हुँदा सम्भव देखिएन,’ प्रजिअ भुसालले भने , ‘कतिपय ठाउँमा फराकिलो पार्न समस्या हुँदा कर्णाली र मध्यपहाडी राजमार्गको मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भयो।’

चीनबाट भारतको कोलकाता हुँदै नेपालगन्जको बाटो भएर मालवाहक ट्रक सुर्खेत प्रवेश गर्छन्। उपकरणहरु स्थलमा पुगेसंगै धमाधम जडान गरेर अन्तिम अन्वेषण तयारीमा जुट्ने खानी तथा भूर्गभ विभागले जनाएको छ। विक्रम संवत २०७२ चैत्रमा नेपाल र चीन बीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएसंगै २०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत गरिएको थियो। उपकरण आयोजना स्थल पुगेसँगै जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ। ड्रिलिङको काम सकिए पछि नै पेट्रोलियम खानीको अवस्था र उत्खनन तय हुनेछ। दैलेखका नाभिस्थान, श्रीस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रफल समेट्ने गरी सर्वेक्षण गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *