नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

IMG-20240404-WA0001

झापा, (नेपाल):  भारतको जलपाईगढी जिल्लामा रहेको दिल्ली पब्लिक स्कूल (डीपीएस) फूलबारीले नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्रदान गर्ने भएको छ। पूर्वी नेपालको बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गरी विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रकाश पार्दै विद्यालयका ‘एड्मिसन इञ्चार्ज’ निर्णय बाग्चीले आउँदो शैक्षिक सत्रमा बढीभन्दा बढी नेपाली विद्यार्थीलाई अवसर प्रदान गर्ने बताए। उनले हाल यो विद्यालयमा दार्जीलिङ, सिक्किम, बंगलादेश र भुटानबाट समेत धेरै विद्यार्थीहरु अध्ययनका निम्ति आउने गरेको धारणा राखे। -देवेन्द्र छेत्री

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement