विशाखापट्टनम: दिल्ली क्यापिटल्सले आईपीएल २०२४-को म्याचमा बुधवार राति कलकत्ता नाइट राइडर्स विरुद्ध १०६ रनले निराशाजनक हारको सामना गर्नु पऱ्यो। टीम हार्नको साथै दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तमाथि आईपीएल २०२४-मा लगातार दोस्रोपल्ट धीमा ओभर रेटले गर्दा २४ लाख रुपियाँको जरिमाना लगाइयो। अब पन्तले तेस्रोपल्ट गल्ती गरे ३० लाख रुपियाँसम्मको जरिमाना अनि एउटा म्याचको निम्ति प्रतिबन्धको सामना गर्नु पर्ने सम्भावना छ। पन्तको साथमा दिल्ली क्यापिटल्स टीमको प्रथम एकादशमा सामेल खेलाड़ीहरू (इम्प्याक्ट प्लेयर सहित)-माथि पनि जरिमाना लगाइएको छ। अन्य खेलाड़ीहरूका जरिमाना राशि ६ लाख रुपियाँ या म्याच फीसको २५ प्रतिशत (जुन कम्ती हुनेछ) गरेर हुनेछ। दिल्ली क्यापिटल्सको टीमले यसअघि ३१ मार्चमा चेन्नई सुपर किंग्स विरुद्ध म्याचमा पनि तय समयमा २० ओभर पूरा गरेको थिएन। त्यस म्याचपछि पनि पन्तमाथि जरिमाना लगाइएको थियो। त्यो दिल्लीका कप्तानको पहिलो गल्ती भएको हुनाले जरिमाना राशि १२ लाख रुपियाँ थियो। यसैकारण पन्तले अब आउँदो म्याचहरूमा धीमा ओभर रेटबारे सतर्क रहनु पर्नेछ। त्यसै पनि पन्त र दिल्लीको टीमसँग केकेआर विरुद्ध हारबारे सोच्ने अधिक समय छैन कारण टीमले आइतवार (७ अप्रेल) मुम्बई इण्डियन्स विरुद्ध खेल्नु पर्नेछ।