बेंगलुरु: आईपीएल २०२४-मा आफ्नो तेज गतिद्वारा ब्याटरहरूलाई तिरीखिरी पार्ने लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-का अनक्याप्ड खेलाड़ी मयंक यादवले विशेष उपलब्धि हासिल गरेका छन्। यस २१ वर्षीय खेलाड़ीले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) विरुद्ध १४ रनमा ३ विकेट हासिल गरे अनि उनको टीम म्याचमा २८ रनले विजयी भयो। म्याचमा मयंकले १८२ रनको लक्ष्यलाई पछि गर्न ओर्लिने आरसीबी-को मध्यक्रमलाई स्वाहा पारे। असाधारण बलिंगको निम्ति उनलाई प्लेयर अव् द म्याच पनि चयन गरियो। मयंकले आफ्नो चार ओभरमा रजत पाटीदार, ग्लेन म्याक्सवेल र क्यामरन ग्रीनको महत्त्वपूर्ण विकेट लिए अनि यस अवधि उनले १५६.७ किमी प्रति घण्टाको गतिमा पनि बलिंग गरे, जुन आईपीएलको यस सीजनको सबैभन्दा तेज अनि टुर्नामेण्टको इतिहासको चौथो सबैभन्दा तेज बल हो। लखनऊको एकाना क्रिकेट स्टेडियममा पनि उनले पञ्जाब किंग्स विरुद्ध आफ्नो आईपीएल पदार्पणमा २७ रन खर्च गरी ३ विकेट लिएका थिए। त्यस म्याचमा पनि उनले प्लेयर अव् द म्याचको पुरस्कार जितेका थिए। आफ्नो पहिलो दुईवटा आईपीएल म्याचमा ३-३ विकेट हासिल गर्ने मयंक टुर्नामेण्टको इतिहासमा छैटौं बलर बने। यस विशेष उपलब्धिलाई हासिल गर्ने अन्य बलरहरूमा लसिथ मलिंगा, अमित सिंह, मयंक मार्कण्डेय र जोफ्रा आर्चर पनि सामेल छन्। गत दुईवटा म्याचमा असाधारण प्रदर्शनले मयंक यादव यस साल हुने टी२० वर्ल्ड कपको निम्ति पनि भारतीय टीममा स्थान बनाउने दावेदारहरूमा सामेल भएका छन्।