पाकिस्तान विरुद्ध टी२० सीरीजको निम्ति ब्रेसवेल कप्तान नियुक्त

IMG-20240403-WA0241.jpg

अकल्याण्ड: न्यूजील्याण्ड क्रिकेट बोर्डले आफ्ना शीर्ष खेलाड़ीहरू आईपीएल २०२४-मा व्यस्त भएको हुनाले पाकिस्तान विरुद्ध यस महिना शुरु हुने पाँचवटा म्याचको टी२० सीरीजको निम्ति अलराउण्डर माइकल ब्रेसवेललाई कप्तान नियुक्त गऱ्यो। यसरी ३३ वर्षीय ब्रेसवेलले पहिलोपल्ट न्यूजील्याण्डको कप्तानी गर्नेछन्। न्यूजील्याण्डका ट्रेण्ट बोल्ट, डेरिल मिचेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, डेवोन कनवे, लौकी फर्ग्यूसन, म्याट हेनरी, मिचेल सेण्टनर र केन विलियम्सन जस्ता स्टार खेलाड़ीहरू आईपीएलमा खेलिरहेका छन् जबकि अनुभवी पेस बलर टिम साउदीलाई विश्राम दिइएको छ। चोटले गर्दा ब्रेसवेल गत वर्ष मार्चदेखि टीमबाट बाहिर थिए। उनले दुई साल अघि आफ्नो पहिलो टी२० अन्तर्राष्ट्रिय म्याच खेलेका थिए। उनले यस प्रारूपमा अहिलेसम्म केवल १६ वटा अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। न्यूजील्याण्डको टीममा गत वर्ष टी२० विश्व कपमा खेल्ने सातजना खेलाड़ी सामेल छन्। पाकिस्तान विरुद्ध सीरीजको पहिलो टी२० म्याच १८ अप्रेलमा रावलपिण्डीमा खेलिनेछ।
न्यूजील्याण्डको टी२० टीमः माइकल ब्रेसवेल (कप्तान), फिन एलन, जिमी निशम, मार्क चापम्यान, जोश क्लार्कसन, जेकब डफी, डीन फक्सक्राफ्ट, बेन लिस्टर, कोल म्याककोञ्जी, एडम मिल्ने, विल ओरुर्के, टिम रबिन्सन, बेन सियर्स, टिम सीफर्ट (विकेटकीपर) र ईश सोढ़ी।

About Author

Advertisement