मंगन: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति व्यय पर्यवेक्षककोरूपमा आएका सौरभ रास्करले जिल्ला नियन्त्रण केन्द्रमा भीडियो भीविङ टीमद्वारा निर्माणधीन अवस्थामा रहेको जिल्ला नियन्त्रण केन्द्रको कार्यबारे जानकारी लिने उद्देश्यले निरीक्षण गरे। निरीक्षणको क्रममा पर्यवेक्षकले मंगन जिल्लामा रहेको तीनवटा निर्वाचन क्षेत्रका भीभीटीसँग भेट गरे, जसमा कावि लुङचोक, जङ्गु र लाचेन मंगन रहेको छ। यस अवसरमा पर्यवेक्षकले टोलीले राखेका प्रतिवेदनहरूबारे समीक्षा गरे। उनले चुनाउको मिति र प्रक्रियाबारेमा उम्मेदवारसँग स्पष्ट सञ्चार गर्न टोलीलाई आग्रह गरे। उनले यी तीनवटा निर्वाचन क्षेत्रमा भइरहेको कामप्रति सन्तुष्टि प्रकट गर्दै सबैलाई लगनशील भएर काम गर्न आग्रह गरे।








