आपसी मतभेद भुलेर पार्टीको चिन्हमा भोट दिनुपर्ने उम्मेदवार एमएन शेर्पाको आग्रह

IMG-20240403-WA0240.jpg

गान्तोक: दरामदिन निर्वाचन क्षेत्रका एसकेएम पार्टीका उम्मेदवार एमएन शेर्पाले आज दोदकबाट आफ्नो चुनावी प्रचार अभियान शुरु गरे। बिहान दोदक गुम्पामा पुगेर उनले पूजा अर्चना गरेपछि आफ्नो चुनावी प्रचार अभियान शुरु गरेका हुन्। दोदकमा आयोजित प्रथम चुनावी सभामा पूर्व विधायक तेञ्जिङ शेर्पा, अनुसूचित जनजाति कल्याण बोर्डका पूर्व अध्यक्ष प्रेमकुमार सुब्बा, जिल्ला पञ्चायत, सीएलसी अध्यक्ष लगायत पार्टीका अन्य कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो। यसै क्रममा दरमदिन समष्टीको एसीइसी अध्यक्ष (सीएलसी) बिशाल लिम्बूले सिटीजन एक्सन पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भएका छन्। सोही प्रकारले एसडीएफ पार्टीका सीएलसी सल्लाहकार गंगा बहादुर भुजेल, एसडीएफ समर्थकहरु भूपाल भुजेल, सुक बहादुर राई, ठाकुर मान राई, विवेक राई र विशाल राई एसकेएम पार्टीमा सामेल भएका छन्। उनीहरूलाई दरमदिन समष्टिका निवर्तमान विधायक एवं विधानसभा उम्मेदवार एमएन शेर्पाले पार्टीमा आधिकारिक रूपमा स्वागत जनाए।

चुनावी सभालाई सम्बोधन गर्दै दरामदिन समष्टिका एसकेएम पार्थी एमएन शेर्पाले पाँच वर्षको कार्यकालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले क्षेत्रमा गरेको विभिन्न विकासीय कामहरूबारे जनसाधारणलाई अवगत गराए। योसँगै फेरि एसकेएम पार्टीको सरकार गठन गरेर छोडिएका परिवारलाई विभिन्न योजनामार्फत लाभन्वित बनाउने आश्वासन दिए। यसरी नै वेरोजगार युवाहरूको पनि छानबीन गरेर नौकरी प्रदान गर्ने बताए। यो चुनावमा सबै कुरालाई बिर्सेर टेबल ल्याम्पको चिन्हमा भोट हालेर विजयी बनाउने सबैलाई आग्रह गरे। पार्टी अध्यक्ष प्रेमसिंह तामाङको समृद्ध अनि सुनौलो सिक्किम निर्माण गर्ने अभियानमा सबैले टेबल ल्याम्पको चिन्हमा भोट हालेर आफ्नो जिम्मेवारी वहन गर्ने पनि उनले आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement